Sagun Khabar
सुदूरपश्चिमका तीन जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित 

बैतडी –नेपाली कांग्रेसका सभापति गगन थापाले १९ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् । पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहका नेताहरूलाई समेटेर उनले केन्द्रीय समितिमा मनोनीत गरेका हुन् । 

जसमा सुदुरपश्चिमबाट ३ जना परेका छन् । दार्चुलाका दिलेन्द्रप्रसाद बडू , कैलालीका सुशीला  मिश्र भट्ट र जिवन रानालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १३:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update