Sagun Khabar
बैतडीमा ३१ हजार बढी नागरिकको कोरोना परीक्षण 

बैतडी –बैतडीमा अहिले सम्म ३१ हजार बढी नागरिकको कोरोना परीक्षण गरिएको छ । पीसीआर विधिमार्फत १४ हजार ९३६ जना र एन्टीजेन विधि मार्फत १६ हजार ७२ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३२२ जनामा संक्रमण पुष्टि भईसकेको छ भने एन्टीजेन विधिबाट परीक्षण गर्दा ४२६ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका २ हजार ७४८ जना मध्ये २ हजार ७१७ जना संक्रमणमुक्त भईसकेका छन् । 

Atrya hospital

बैतडीमा कोरोनाका कारण अहिले सम्म १८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । जिल्लामा अहिले ९ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । 

जिल्लाका १० ओटा स्थानीय तहमध्ये अहिले ८ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । पछिल्लो समयमा कोरोना संक्रमणदर घट्दै गएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । 

कोरोना विरुद्धको खोप लगाउने कार्य जिल्लामा जारी रहेको समेत स्वास्थ्य प्रमुख भट्टले बताए  । कोरोना संक्रमणदर घटेपनि जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड पालनामा भने ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ०७:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update