Sagun Khabar
बैतडीको पुर्चौंडीमा बजार अनुगमन : २६ हजार बराबरको म्याद गुज्रेको सामग्री नष्ट 

बैतडी –बैतडीको पुर्चौंडीमा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, इलाका प्रशासन कार्यालय लगायतका सरोकारवालाहरुको सहभागितामा शनिबार बजार अनुगमन गरिएको हो । 

पुर्चौंडी नगरपालिका–१ हाटस्थित बजार र वडा नं ७ स्थित बजारमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख विक्रम श्रेष्ठले बताए । 

१० ओटा पसल र दुई ओटा चाउमीन उद्योगमा अनुगमन गर्दा २६ हजार रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरि नष्ट गरिएको उनले बताए । 

बजार अनुगमनका क्रममा म्याद नाघेका सामग्री विक्रिवितरण नगर्न व्यापारीहरुलाई आग्रह गर्नुका साथै दर्ता र नवीकरण नगरेकाहरुलाई सम्बन्धित निकायमा दर्ता गर्न आग्रह गरिएको श्रेष्ठले बताए । 
यस्तै बजारमा उपभोग्य सामग्री खरीद गर्दा उत्पादन मिति हेरेर मात्रै खरीद उनले उपभोक्ताहरुलाई सुझाव दिएका छन् । 

अनुगमनका क्रममा व्यापारीहरुलाई उपभोक्ता अधिकारका बिषयमा जानकारी दिनुका साथै कालोबजारी, महंगीजस्ता क्रियाकलापमा सहभागी नहुन आग्रह गरिएको श्रेष्ठले बताए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update