Sagun Khabar
बैतडीमा मन्त्री भट्ट सवार गाडी र यात्रुबाहक बस एकआपसमा ठोक्किए, मन्त्री चढेको गाडीमा समान्य क्षति

बैतडी–बैतडीमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट चढेको गाडी र महेन्द्रनगरबाट पञ्चेश्वरतर्फ जाँदै गरेको यात्रुवाहक बस एकआपसमा ठोक्किएका छन् ।  

जिल्लाको मेलौली नगरपालिका –२ सलेनामा महेन्द्रनगरबाट पञ्चेश्वर जाँदै गरेको सु.प.प्र.०२–००१ ख १५३७ नम्बरको बस र मेलौलीबाट पाटनतर्फ आउँदै गरेको मन्त्री भट्ट चढेको सु.प.प्र.०१–००१ झ ४५२ नम्बरको गाडी एकआपसमा आज साँझ सवा ५ बजेतिर ठोक्किएका हुन् । 

दुवै सवारी साधन एकआपसमा ठोक्किँदा मन्त्री सवार गाडीको अगाडीको भागमा समान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

मन्त्री सवार गाडीमा भएको क्षति मर्मत गर्ने सहमति भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update