Sagun Khabar
आईसीसी विश्वकप क्रिकेट लिग–२  : नेपालले ओमानलाई ८१ रनले हरायो

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत नेपालले ओमानलाई ८१ रनले हराएको छ । नेपालले दिएको २ सय ६५ रनको लक्ष्य पछ्याएको ओमान ३९ ओभर ५ बलमा १ सय ७५ रनमा अलआउट भयो ।

ओमानका विनायक शुक्लाले ३६ र हमाद मिर्जाले ३४ रन बनाए । नेपालका गुलशन झाले ५ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९ ओभर ५ बलमा २ सय ५६ रन बनाएर अलआउट भयो । नेपालका आशिफ शेखले ९४, अर्जुन कुमालले ४८ र आरिफ शेखले ४३ रन बनाए । ओमानका नदिम खानले ३ विकेट लिए ।

घरेलु मैदानमा भइरहेको शृङ्खला अन्तर्गत नेपाल ओमानसँगको अघिल्लो खेलमा पराजित भएको थियो । आठ टोली रहेको लिग–टुमा नेपाल २४ खेलमा १८ अङ्कसहित सातौँ, युएई २४ खेलमा १४ अङ्कसहित आठौँ र ओमान २८ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा छ । नेपालले लिग–२ कै खेलमा यही वैशाख २९ देखि तालिकाका शीर्ष २ टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update