Sagun Khabar
बैतडीको मेलौलीमा बिहीबारदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने 

बैतडी–आगामी बिहीबारदेखि इलाका प्रशासन कार्यालय मेलौलीबाट सेवा सञ्चालन गरिने भएको छ । बैतडीको मेलौली नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालन गर्ने सरकारको निर्णय अनुसार बिहीबारदेखि इलाका प्रशासन कार्यालयबाट सेवा सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए । 

वडा नं १ को पुरानो वडा कार्यालय भवनबाट सेवा दिने तयारी भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । 

इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवाहरु सञ्चालन हुने उनले बताए । 

मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालन भएमा तल्लोसोराड क्षेत्रका नागरिकलाई सेवा प्राप्तिमा सहज हुनेछ । नागरिकता र राष्ट्रिय परिचयपत्रकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अब अन्त्य हुने बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update