Sagun Khabar
हावाहुरीले बैतडीको मेलौलीका दुई विद्यालयमा क्षति 

बैतडी–पानीसँगै आएको हावाहुरीले बैतडीको मेलौली नगरपालिकाभित्र दुई विद्यालयमा क्षति पुर्याएको छ ।

मेलौली नगरपालिका–१ स्थित शितलपुर माविको भवनमा हावाहुरीले क्षति पुर्याएको बताइएको छ । उक्त विद्यालयको दुई कोठे भवनको छानो उडाएको विद्यालयका शिक्षक नरेशसिंह नेगीले बताए । 

जस्तापाताले छाएको उक्त विद्यालय भवनको छानो आज बिहानको हावाहुरीले उडाएको उनले बताए । 

यस्तै मेलौली नगरपालिका–७ गाउँकोटस्थित भरतपुर माविको दुई कोठे भवनमा हावाहुरीले क्षति पुर्याएको छ । 

आइतबार दिउँसो आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको छानो उडाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विरेन्द्रबहादुर चन्दले बताए । 

विद्यालय भवनको छानो उडाएपछि विद्यालयको भवनमा क्षति पुगेको छ भने पठनपाठन सञ्चालनमा समेत समस्या हुने देखिएको विद्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update