Sagun Khabar
हावाहुरीले सिद्धेश्वर माध्यमिक विद्यालयको छानो उडायो

बैतडी-  बैतडीमा हावाहुरीले एक बिद्यालयको छानो उडाएको छ । जिल्लाको पाटन नगरपालिका वडा न. ९ स्थीत सिद्धेश्वर माध्यमिक विद्यालयको छानो उडाएको हो ।

सोमबार आज बिहान पानीसँगै आएको हावाहुरीले  विधालयमा रहेको छात्रबासको छानो उडाएर ठूलो क्षति पु¥याएको बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिह भाटले बताए । 

जस्तापाताले छाएको उक्त भवनको छानो उडाएपछि विद्यालयभित्र रहेका विभिन्न सामग्रीहरुमा क्षति पुगेको भाटले बताए । बिद्यालयमा भएको भवनको छानो उडाए पछि विद्यार्थीहरूको आवास व्यवस्थापनका लागि सबैबाट सहयोगको अपिल गरेको भाटले बताए ।

बैतडीका विभिन्न स्थानमा हावाहुरीले क्षति पुर्याएको छ ।  

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update