Sagun Khabar
बैतडीमा छतबाट खसेर एकजनाको  मृत्यु 

बैतडी– बैतडीमा छतबाट खसेर एकजनाको  मृत्यु भएको छ । जिल्लाको शिवथान गाउँपालिका– ६ सुल्लेखानमा घरको छलबाट खसेर एकजना मजदुरको मृत्यु भएको हो । 

बर्दिया जिल्ला बाँसगढी नगरपालिका– ४ स्थायी घर भएका ६५ वर्षी जगतराम थारुको सुल्लेखानस्थित उद्धवसिंह धनाडीको घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

सोमबार बिहानको समयमा बाथरुम जानेक्रममा थारुको छतबाट लडेर मृत्यु हुनसक्ने अनुमान गरिएको छ ।

पाटन–पञ्चेश्वर सडक खण्डमा कार्यरथ थारु धनाडीको घरमा भाडामा बसिरहेका थिए । उनिसंगै उनका भतिज गुरीलाल थारुपनि संगै बस्ने गरेको बुझिएको छ । 

घटनाको जानकारी प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलमा पुगी थप अनुसन्धान गरिरहेको निरीक्षक बडुले बताए ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update