बैतडी –बैतडीमा कोरोना सक्रिय संक्रमितको संख्या १० भन्दा तल झरेको छ । जिल्लामा अहिले ९ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिकामा ७ जना, पाटन नगरपालिकामा १ जना र एक जना जिल्ला बाहिरका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए । यस्तै बुधबार जिल्लामा नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । ४० जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना संक्रमणमुक्त भएका छन् । तत्कालका लागि जिल्लाका ८ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८ १८:२०
प्रतिक्रिया दिनुहोस्