बैतडी–बैतडीमा सरकारी तथा सार्वजनिक जमीनमा गरिएको अतिक्रमण हटाइने भएको छ । गृहमन्त्रालयले ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी अतिक्रमण हटाउन निर्देशन दिए लगत्तै जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।
स्थानीय तहको क्षेत्रभित्र अतिक्रमण परेका सरकारी तथा सार्वजनिक जमीनको पहिचान गरि उक्त अतिक्रमण हटाउने कार्ययोजना पेश गर्न स्थानीय तहहरुलाई आग्रह गरिएको हो ।
स्थानीय तहको क्षेत्रभित्र अतिक्रमण परेका सरकारी तथा सार्वजनिक पहिचान गरि स्थानीय सरकारकै सहयोग र समन्वयमा अतिक्रमण हटाइने कार्य हुने भएकाले स्थानीय तहहरुलाई कार्ययोजना पेश गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए ।
बैतडीमा ११०.४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको तथ्यांक छ । वन क्षेत्र बाहेक अन्य सरकारी र सार्वजनिक जमीन पनि अतिक्रमणमा परेको हुन सक्ने बताइएको छ ।





