बैतडीको सिगासमा एक गोठमा आगलागी : दुई भैंसी मरे, दुई भैंसी जलेर घाइते
बैतडी –बैतडीको सिगास गाउँपालिका–५ ठूलाखोलामा एक गोठमा आगलागी हुँदा दुई भैंसी जलेर मरेका छन् भने दुई भैंसी घाइते भएका छन् ।
स्थानीय जगन्नाथ धामीको गोठमा मंगलबार दिउँसो ४ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । गोठ नजिकै रहेको जंगलमा भएको आगलागी गोठमा सल्केको थियो ।
आगलागीबाट धामीले गोठमा बाँधेका चार भैंसीमध्ये दुई जलेर मरेका छन् भने दुई भैंसी जलेर गम्भीर घाइते भएका छन् । स्थानीयहरुको सहयोगमा साँझ ६ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक बडूले बताए ।
आगलागीबाट ३ लाख रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको सिगास गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष राजेन्द्रबहादुर चन्दले बताए ।
प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३ ११:५४
प्रतिक्रिया दिनुहोस्





