सुर्नयामा नयाँ प्रमुख प्रशासकीय अधिकृत विक हाजिर
बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र विक हाजिर भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला हुलाक कार्यालय कैलालीमा कार्यरत शाखा अधिकृत विकलाई गएको माघ २ गते सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो ।
मन्त्रालयले खटाएको तीन महिनापछि मात्रै उनी गाउँपालिकामा हाजिर भएका हुन् । विक सोमबार गाउँपालिकामा हाजिर भएका बताइएको छ ।
गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरु रोकिएका थिए । नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएसँगै आर्थिक तथा प्रशासनिक कामहरु सुचारु हुने भएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३ ०८:३९
प्रतिक्रिया दिनुहोस्





