Sagun Khabar
बैतडीको मेलौली र दोगडाकेदारमा शारीरिक अपाङ्गता परीक्षण शिविर सञ्चालन हुने 

बैतडी–बैतडीको मेलौली र दोगडाकेदारमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सञ्चालन हुने भएको छ । 

मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा वैशाख १६ गते र दोगडाकेदारको श्रीकोट स्वास्थ्यचौकीमा वैशाख १७ गते शिविर सञ्चालनको तयारी भएको हो । 

मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका र अपाङ्ग बाल पुनस्र्थापना केन्द्र (एचआरडीसी) बनेपाको आयोजनामा शिविर सञ्चालन हुने बताइएको छ । 

शिविरमा १८ बर्षमुनिका शारीकि अपाङ्गगता भएका बालबालिकाहरुको परीक्षण गरिजे एचआरडिसीले जनाएको छ । 

घुम्ती शिविरमा जन्मजात पैतला भित्र फर्केको, आगोले पोलेर अंगहरु एकआपसमा टाँसिएको, भाँचिएर बांगो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो वा कमजोर भएको, ढाड बांगो,कुप्रो भएको र जोर्नीहरु र घुँडाको पांग्रो खुस्किएको समस्याको परीक्षण र उपचार गरिनेछ । 

यस्तै जोर्नीहरु दुख्ने सुन्निने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबीको समस्या, औंलाहरु एकआपसमा टाँसिएको वा बढी भएको, जन्मिँदै ओठ तालु फाटेको लगायतका समस्याहरुको शिविरमा परीक्षण र उपचार गरिने जनाइएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update