Sagun Khabar
बन्दुकको छर्रा लागेर घाइते भएका वडा सदस्यको निधन 

बैतडी–बैतडीमा भरुवा बन्दुक पड्किँदा घाइते भएका सुर्नया गाउँपालिका–२ का ४५ बर्षीय वड ासदस्य दानबहादुर ऐरीको मृत्यु भएको छ ।

आफैले भरेको बन्दुकको छर्रा घाँटीमा लागेर बुधबार साँझ घाइते भएका ऐरीलाई जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि धनगढी रेफर गरिएको थियो । 

उपचारका लागि मायामेट्रो अस्पताल धनगढी लगिएका वडा सदस्यको उपचार सम्भव नभएपछि घर फर्काइएको थियो । उनलाई घर ल्याउने क्रममा शुक्रबार दिउँसो करिब ३ बजेतिर बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव  बडूले जानकारी दिए । 

मृतक वडा सदस्य ऐरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको प्रहरीले जनाएको छ । 

ऐरी २०७९ सालको स्थानीय तहको निर्वाचनमा राप्रपाबाट वडा सदस्यमा निर्वाचित भएका थिए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update