बैतडीमा दुईजना फरार प्रतिवादी पक्राउ
बैतडी- बैतडीमा दुइजना फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका वडा न. ११ बस्ने ३४ वर्षिय करन कोली र २९ वर्षिय जनक कोली रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबत्ता प्रहरी निरीक्षक बलदेब बडुले बताए ।
अभद्र व्यबहार मुद्धा सम्बन्धि जिल्ला प्रशासन कार्यालयको मिती २०८१ पौस २३ गतेको फैसलाले जनही १० हजारका दरले जरीवाना तोकेमा जरीवाना नतीरी दुबै जना फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालयको टोलीले बिहिबार बिहान दुबैजनालाइ घर ठेगना बाटनै पक्राउ गरेको हो ।
आवश्यक फैसला कार्यान्वयनका लागी दुबै जनालाई जिल्ला प्रशासन कार्यालयमा बुझाइसकेको निरीक्षक बडुले बताए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३ १८:१२
प्रतिक्रिया दिनुहोस्





