Sagun Khabar
जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक बिदाको दिन पनि सेवा दिने

बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक बिदाको दिन पनि आफ्नो सेवा निरन्तरता दिने भएको छ ।

नेपाल सरकारद्धारा नेपाल राष्ट्रपत्रमा प्रकासित सुचना बमोजिम २०८३ बैशाख १ गते देखि २०८३ चैत्र मसान्तसम्ममा परेका सार्वजनिक विदाका दिनहरुमा पनि प्रशासनबाट प्रवाह हुने नेपाली नागरिता सम्बन्धी सेवा,राहदानी सम्बन्धी सेवा र राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा निरन्तर हुने प्रमुख जिल्ला अधिकारी डा.सिजन भट्टराईले बताए ।

वर्षभरीका सार्वजनिक बिदा परेका उभौली पर्व,गणतन्त्र दिवस,रक्षा बन्धन,श्रीकृष्ण जन्माष्टमी,घटस्थापना,उधौली पर्व,क्रिसमस डे,तमु ल्होछार का दिन पनि प्रशासनबाट सेवा प्रवाहहुने डा.भट्टराईले बताए ।

यस्तै पृथ्वी जयन्ती,माघि पर्व,सोनम ल्होछार,राष्ट्रिय प्रजातन्त्र दिवस,अन्तराष्ट्रिय महिला दिवस,ग्याल्पो ल्होछार,ईद र बकर ईदको दिन पनि सेवा निरन्तर हुने डा. भट्टराईले बताए ।

नागरिकहरुलाइ प्रशासनबाट प्रवाह हुने सेवाहरु सहज र  विदा परेकै कारण नागरीकले सेवा पाउनुबाट बञ्चीतहुन नपरोस भनेर यस्तो निणर्य गरेको  जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

यो निर्णयले जिल्लाका  नागरीकलाई सहजता हुने अपेक्षा गरीएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update