बैतडीका एक युवक सेती नदीमा बेपत्ता
बैतडी- बैतडीका एक युवक सेती नदीमा बेपत्ता भएका छन । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका करिब २२ वर्षीय दिपक बोहरा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । दिपायल सिलगढी नगरपालिका–५ स्थित क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आएका थिए ।
बेपत्ता बोहराको खोजी कार्यमा नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरी बलका १३ गरी २१ जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३ ०७:५५
प्रतिक्रिया दिनुहोस्





