Sagun Khabar
बैतडीमा सार्वजनिक यातायातका साधनमा 'सिसीटिभी र जिपिएस' जडान गर्न  प्रशासनको पत्राचार

बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभित्र सञ्चालनमा रहेका सबै सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा सिसीटिभी  र सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली अनिवार्य रूपमा जडान गर्न निर्देशन दिएको छ । 

जिल्लाभित्र सञ्चालनमा रहेका सबै सार्वजनिक यातायातका साधनहरुमा उक्त व्यवस्था लागू गर्न यातायात व्यावसायिहरुलाइ पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी डा.सिजन भट्टराईले बताए  ।

यससँगै प्रशासनले सार्वजनिक सवारी साधनमा यात्रुले सजिलै देख्ने स्थानमा अनिवार्य रूपमा भाडादर टाँस गर्नका साथै चालक र सह–चालकले यात्रा अवधिभर तोकिएको पोशाक र परिचयपत्र लगाउनुपर्ने व्यवस्था समेत लागू गर्न भनिएकोे छ ।

नेपाल सरकार मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची अन्तर्गत सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथाम तथा यात्रुको सुरक्षा सुदृढ गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको अधिकारी भट्टराईले बताए । 

प्रमुख जिल्ला अधिकारी डा.सिजन भट्टराइले पत्र मार्फत उक्त व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ । प्रशासनको यो कदमले यात्रुको सुरक्षा मजबुत बनाउनुका साथै सार्वजनिक यातायात व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी डा.सिजन भट्टराईले बताए  ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १५:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update