Sagun Khabar
सुर्नया गाउँपालिकाको गाउँसभा सम्पन्न 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाको गाउँसभा आज सम्पन्न भएको छ । 

पटक–पटक स्थगित हुँदै आएको यो बर्षको दोश्रो गाउँसभा आज सम्पन्न भएको हो । 

गाउँसभाले गाउँकार्यपालिकाले गत असार १७ देखि हालसम्म गरेका निर्णयहरु पारित गरेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । यस्तै सभाले सुर्नया गाउँपालिकाको वातावरण संरक्षण ऐन २०८२ पारित गरेको छ । 

यस्तै भौतिक पूर्वाधार शाखामा कार्यरत प्राविधिक कर्मचारीहरुको फिल्ड भत्ता सम्बन्धी कार्यविधि २०८२ र लेखा समिति गठन गर्ने प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको अध्यक्ष कुँवरले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update