अछाम –अछाममा हाइस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
अछामको ढकारीबाट टिकापुरतर्फ जाँदै गरेको लु प १००१ ज ३४४८ नम्बरको फोर्स गाडी पञ्चदेवल विनायक नगरपालिका–२ स्थित कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकाको सिमाना लाड्छेमा आज बिहान दुर्घटनामा परेको हो ।
दुर्घटनामा गाडी चालकसहित ३ जना घाइते भएका छन् । घाइते हुनेमा ढकारी गाउँपालिका–२ का धर्म थापा, खगेन्द्र थापा र गाडी चालक सुर्खेतका ज्ञानेन्द्र बलामी मगर रहेका इलाका प्रहरी कार्यालय विनायकका प्रमुख जगत बोहोराले बताए ।
प्रहरीका अनुसार हाइस गाडी मध्यपहाडी राजमार्गबाट करिब २०० मिटर तल खसेको छ । घाइतेहरूलाई उपचारका लागी पञ्चदेवल विनायक नगरपालिका र कमलबजार नगरपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल मंगलसेन पठाइएको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





