Sagun Khabar
ग्यास लिक भइ बैतडीको एक पसलमा आगलागी 

बैतडी–खाना पकाउने ग्यास लिक भइ बैतडीको एक पसलमा आगलागी भएको छ । 

जिल्लाको पुर्चौंडी नगरपालिका–७ कुटेबगरमा स्थानीय धौलसिंह ऐरले सञ्चालन गरेको रियान्स किराना पसल तथा होटेलमा आज दिउँसो पौने २ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

आगलागीबाट पसलभित्र रहेका खुद्रा सामग्री, फ्रिज लगायतका अन्य सामानहरुमा क्षति भएको छ । 

पसलमा आगलागी भएको खबर पाएपछि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाइएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि अन्य क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १४:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update