Sagun Khabar
सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रीमा शिवराज भट्ट नियुक्त 

बैतडी–सुदू्रपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा शिवराज भट्ट नियुक्त भएका छन् । 

मुख्यमन्त्री कमलबहादुर शाहले बैतडी प्रदेश सभा (ख)बाट निर्वाचित प्रदेश सभा सदस्य भट्टलाई मन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले यसअघि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको रुपमा काम गरिसकेका छन् । 

यसअघि नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले भट्टलाई मन्त्री बनाउने निर्णय गरेको थियो । दलका नेता नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले भट्टलाई मन्त्री बनाउने निर्णय सर्वसम्मत पारित गरिएको छ । 

नवनियुक्त मन्त्री भट्टले आजै साँझ पाँच बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने तालिका रहेको छ । 

यसैबीच, बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको संघीय सरकारलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्लाई सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८३÷०८४ को बजेट निर्माणका लागि सुझाव दिन तीन सदस्यीय समिति गठन गरिएको छ । कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीको संयोजकत्वमा गठित समितिमा गीता कुमारी चौधरी र पदमबहादुर शाही सदस्य रहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update