Sagun Khabar
बैतडीका प्रमुख जिल्ला अधिकारी थापाको सरुवा, डा. डिजन भट्टराई आउँदै 

बैतडी–बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको सरुवा भएको छ । 

गृह मन्त्रालयको आइतबारको निर्णय अनुसार थापालाई बैतडीबाट पर्साको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको हो । 

थापाको ठाउँमा मन्त्रालयले सहसचिव डा. डिजन भट्टराईलाई सरुवा गरेको छ । गृहमन्त्रालय अन्तर्गत कार्यरत भट्टराईलाई बैतडीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको मन्त्रालयले जनाएको छ ।

गत माघमा थापालाई बैतडीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको थियो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको सरुवा भएपछि थापाले प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका थिए । यसअघि थापा बैतडीमै सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेका थिए । 
 

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update