बैतडी– लागू पदार्थ सेवन गरेर सवारी साधन चलाइरहेका एकजना पक्राउ परेका छन् ।
बैतडीको गोठलापानी–झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका–१० अदरपिण्डमा चेकजाँचको क्रममा एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र बाराकोट प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले आइतबार उक्त सडकखण्डमा लागूपदार्थ तथा मादक पदार्थ सेवनसम्बन्धी चेकजाँच गरेको थियो । सोही क्रममा लागू पदार्थ सेवन गरेर सवारी चलाइरहेका एकजना चालकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले बताए । पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।
लागू पदार्थ तथा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा दुर्घटना हुने भएकाले प्रहरीले त्यसविरुद्ध चेकजाँच अभियान सञ्चालन गरेको छ । मुख्य सडकहरुमा ट्राफिक प्रहरीले चालकहरुले मापसे र लापसे गरे÷नगरेको बिषयमा चेकजाँच गर्ने कार्य गरिरहेको जनाइएको छ ।





