Sagun Khabar
१५ औं महाधिवेशनका लागि कांग्रेसले खटायो प्रतिनिधि, सुदूरपश्चिममा को–को खटिए ? 

बैतडी–१५ औं महाधिवेशनका लागि नेपाली कांग्रेसले ७७ ओटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । महाधिवेशनको तयारीका लागि प्रतिनिधिहरु खटाइएको नेपाली कांग्रेसले जनाएको छ । 

कांग्रेसले बैतडीमा कञ्चनपुरकी सन्तोषी साउँद ऐरीलाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाएको छ भने दार्चुलामा कञ्चनपुरका गोविन्दराज जोशीलाई खटाएको छ । 

यस्तै बझाङमा कञ्चनपुरका गोविन्दराज बोहरा,डोटीमा कैलालीकी निपा चोख्याल, बाजुरामा अछामका टीकाराम खनाल, डडेल्धुरामा दार्चुलाका गणेश भट्ट, अछाममा कैलालीका हिमबहादुर रावल र कञ्चनपुरका लेखराज जोशीलाई केन्द्रीय प्रतिनिधि रुपमा खटाएको छ । 

यस्तै कैलालीमा जगतप्रसाद जोशी र स्याङ्जाका युवराज पाण्डेयलाई खटाइएको छ भने कञ्चनपुरमा बैतडीका नरेन्द्रप्रसाद भट्ट र दार्चुलाका पदमराज पन्तलाई खटाएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update