बैतडीमा नेपाली सेनाले रक्तदान गर्दा सुत्केरीको ज्यान जोगियो
बैतडी–नेपाली सेनाले रक्तदान गरेपछि जिल्ला अस्पताल बैतडीमा उपचार गराइरहेकी एक सुत्केरी महिलाको ज्यान जोगिएको छ ।
जिल्लाको मैलौली नगरपालिका–६ पोखरेकी २५ बर्षीया रेवती दयाललाई रगत आवश्यक परेपछि नेपाली सेनाको बैतडीस्थित श्रीबक्स गुल्ममा कार्यरत केशकर्तक कामेशकुमार ठाकुरले रक्तदान गरेको श्रीबक्स गुल्मका गुल्मपति, सेनानी पुष्प लामाले बताए । ठाकुरले बिहीबार साँझ अस्पतालमै पुगेर एकपिन्ट रक्तदान गरेका हुन् ।
प्रसूती सेवाका लागि अस्पतालमा भर्ना भएकी रेवतीलाई एबी पोजिटिभ रगत आवश्यक परेको र नेपाली सेनाले रक्तदान गरेपछि उनको उपचारमा सहजता आएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले बताए ।
नेपाली सेनाले रगतको आवश्यकता भएका बिरामीहरुलाई समय–समयमा रक्तदान गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२ ११:२६
प्रतिक्रिया दिनुहोस्





