Sagun Khabar
महाकालीमा बगेर बेपत्ता भएका चन्दको खोजी गर्दै सशस्त्र प्रहरी 

बैतडी–नुहाउने क्रममा महाकाली नदीमा बगेर बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ बर्षीय कृष्ण चन्दको खोजी कार्य जारी रहेको छ । 

मंगलबार बिहान साढे ११ बजेतिर हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका चन्दको सशस्त्र प्रहरीले खोजी कार्य गरिरहेको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायव उपरीक्षक जंगबहादुर कुँवरले बताए । 

नदीमा बेपत्ता भएका चन्दको खोजीका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग पनि सहकार्य भइरहेको गुल्मपति कुँवरले बताए । महाकाली नदीमा एसएसबीको र्याफ्टिङ कार्यक्रम पनि चलिरहेकाले बेपत्ता चन्दको खोजीमा उनीहरुसँग पनि सहकार्य भएको कुँवरले बताए । 

सशस्त्र प्रहरीको पञ्चेश्वरस्थित बिओपीबाट चन्दको खोजीका लागि टोली खटिएको बताइएको छ । सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलले संयुक्त रुपमा खोजी गर्दा समेत चन्दको अवस्था अज्ञात रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक कुँवरले बताए । 
 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update