
बैतडी– बैतडीको दशरथचन्द नगरपालिका वडा न. २ देहिमाण्डौँमा जिप दुर्घटना हुदाँ ३ जना घाइते भएकाछन् ।
बिहान साढे ९ बजेको समयमा ढणौनबाट देहिमाण्डौँ तर्फ आउदैँ गरेको भे १ च १११६ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका २६ बर्षिय चालक जनक चन्दको हातमा गम्भीर चोट रहेको छ भने, घाइते २ जनाको अवस्था सामान्य रहेको छ ।
घाइतेहरुलाई जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरीचौकी देहिमाण्डौँका प्रहरी सहायक निरिक्षक केशबसिंह भण्डारीले बताए ।
उकालोमा ब्रेक फेल भएकाले दुर्घटना भएको र यस बिषयमा थप अनुसन्धान भैरहेको उनले बताए ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८ १०:३४
प्रतिक्रिया दिनुहोस्