Sagun Khabar
एमाले अध्यक्ष ओली पक्राउको विरोधमा बैतडीको पाटनमा राँके जुलुस प्रदर्शन 

बैतडी –नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा बैतडीको पाटनमा राँके जुलुस प्रदर्शन गरिएको छ । 

सोमबार साँझ एमाले सम्बद्ध युवा संघका जिल्ला सदस्य पुष्कर भण्डारीको नेतृत्वमा राँके जुलुस प्रदर्शन गरिएको हो । उनीहरुले राँके जुलुस प्रदर्शन गर्दै ओलीको रिहाइको माग गरेका छन् । 

सरकारले पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि त्यसको विरोधमा एमालेले देशव्यापी कार्यक्रम गर्दै आएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update