उदयदेव मावि पालिगडाको विव्यस अध्यक्षमा साउँद चयन
बैतडी –बैतडीको सुर्नया गाउँपालिका–४ स्थित उदयदेव मावि पालिगडाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा दिपक साउँद चयन भएका छन् । आइतबार भएको अभिभावक भेलाले साउँदको अध्यक्षतामा सर्वसम्मत नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरेको विद्यालयका प्रधानाध्यापक बिरसिंह साउँदले बताए ।
समितिको सदस्यमा धनसिंह महरा, निर्मला चन्द, राजमती महरा साउँद, जानकी भट्ट र डब्बलराम विक चयन भएका छन् । यस्तै शिक्षक प्रतिनिधि रामबहादुर महरा र सदस्य सचिवमा प्रधानाध्यापक बिरसिंह साउँद रहेका छन् ।
यस्तै सुरेन्द्रसिंह महराको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको प्रधानाध्यापक साउँदले बताए ।
विद्यालयको समग्र विकासका लागि आफूले सक्दो पहल गर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक साउँदले बताए ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०८२ ०७:५५
प्रतिक्रिया दिनुहोस्




