
बैतडी –बैतडीका सात स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य भएका छन् । तत्कालका लागि जिल्लाका सातओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए ।
जिल्लाको मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाभरी अहिले १४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १२ जना, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकामा एक÷एक जना रहेका छन् ।
यसैबीच जिल्लामा आइतबार नयाँ संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ७३ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको श्रोत व्यक्ति सुवेदीले जानकारी दिए । यस्तै आइतबार जिल्लामा एकजना संक्रमित निको भएका उनले बताए ।