Sagun Khabar
जिल्ला अस्पताल बैतडीको अध्यक्षमा धनबहादुर क्षेत्री नियुक्त 

बैतडी–जिल्ला अस्पताल बैतडीको अस्पताल व्यवस्थापन समिति अध्यक्षमा धनबहादुर क्षेत्री (जगदीश) नियुक्त भएका छन् । 

सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रीपरिषद बैठकले जिल्ला अस्पताल बैतडीको अध्यक्षमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो । दशरथचन्द नगरपालिका–३ दुर्गाभवानी घर भएका क्षेत्री लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् । राजनीतिका साथै सामाजिक क्षेत्रमा क्रियाशील क्षेत्रीले प्रदेश सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताएका छन् । 

यस्तै समितिको सदस्यमा तुलसी ठगुन्ना, बलबहादुर बिष्ट र रोशन बोहरालाई पनि नियुक्त गर्ने निर्णय भएको अध्यक्ष क्षेत्रीले बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update