Sagun Khabar
बैतडीको पाटनमा कक्षा ६ देखि ८ सम्म संस्कृत पढाइने 

बैतडी –बैतडीको पाटन नगरपालिकाले कक्षा ६ देखि ८ सम्मको आधारभूत तहमा संस्कृत बिषय पढाउने भएको छ । संस्कृत बिषयले भाषागत ज्ञानको विकास गर्ने भएकाले कक्षा ६ देखि ८ सम्म संस्कृत बिषय पठनपाठन गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए । 

कक्षा ६ देखि ८ सम्म एउटा बिषय स्थानीय अथवा अन्य कुनै बिषय पढाउनुपर्ने भएकाले आफूहरुले संस्कृत बिषय पठनपाठन गर्ने निर्णय गरेको उनले बताए । उनले भने ‘संस्कृत बिषय पढाउनका लागि हामीसंग जनशक्ति पनि छ । यसले आधारभूत तहमा भाषाका बिषयमा पनि ज्ञान दिन्छ । त्यसैले हामीले संस्कृत बिषयको पठनपाठन गर्ने भनेका हौं ।’

Atrya hospital

संस्कृत बिषयको पाठ्यक्रम र पाठ्यपुस्तक समेत तयारी अवस्थामा पाइने भएकाले संस्कृत पढाउन सहज हुने नगरपालिकाले जनाएको छ । पछिल्लो समयमा संस्कृत बिषयको पढाई नहुँदा भाषागत समस्या समेत आएकाले नैतिक शिक्षा र भाषागत ज्ञानको विकासका लागि पनि संस्कृत बिषयले महत्वपूर्ण योगदान पुर्याउने नगरपालिकाले विश्वास गरेको छ । 

नगरपालिकाले कक्षा ६ देखि ८ सम्म संस्कृत बिषयको पठनपाठन गराउने व्यवस्था मिलाउन विद्यालयहरुलाई निर्देशन समेत दिईसकेको छ । 

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  ०८:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update