Sagun Khabar
क्यान्सर पीडित बैतडीको सुर्नयाकी जमुनाको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–४ बरायल, चाडी घर भएकी जमुना महराको उपचारमा आर्थिक अभाव भएको छ । 

क्यान्सर रोगबाट पीडित जमुनाको अहिले भारतको भारतको चण्डीगढस्थित पिजीआइ  अस्पतालमा उपचार भइरहेको उनका भतिजा प्रकाश महारले बताए । चिकित्सकको सल्लाह अनुसार उनलाई लामो उपचार प्रक्रिया आवश्यक पर्ने भएकाले आर्थिक अभाव भएको उनले बताए । 

जमुनाको उपचारमा १७ पटक किमोथेरापी गर्नुपर्ने बताइएको छ । शुरुका ८ पटक किमोथेरापीपछि शल्यक्रिया गरिने र त्यसपछि ९ पटक किमोथेरापी गर्नुपर्ने चिकित्सकले बताएका महराले जानकारी दिए । एक पटक किमोथेरापीका लागि झण्डै तीस हजार रुपैयाँ खर्च हुने भएकाले आर्थिक अभाव भएको बताइएको छ । 

जमुनाको उपचारमा परिवारकै कमाइले धान्न नसकिने भएपछि सबै मनकारी व्यक्तिहरुलाई सहयोग गरिदिन आग्रह गरिएको छ । जमुनाको प्राण रक्षाका लागि सहयोग गर्ने महानुभावहरुले तलको खातमा रकम जमा गर्न सकिने बताइएको छ । 

भारतका लागि रामसिंह महरा 

qrb-1774434259.jpg
 

नेपालका मानसिंह महरा 

qr-Nepala-1774434277.jpg
 

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update