Sagun Khabar
बैतडीको मठैराज मन्दिरमा चोरी 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका–४ स्थित मठैराज मन्दिरमा चोरी भएको छ । 

मन्दिरमा गएको सोमबार रातिको समयमा अज्ञात समूहले चोरी गरेको स्थानीय महेशराज पन्तले बताए । 

मन्दिरको गर्भगृहको ढोका फुटालेर चोरी गरिएको उनले बताए । मन्दिरमा के–कति चोरी भएको छ भन्ने बिषयमा एकीन हुन सकेको छैन् । मन्दिरको गर्भगृहमा पूजारीले मात्रै जाने चलन रहेकाले पूजारी आएपछि थाहा हुने उनले बताए । 

मन्दिरमा चोरी भएको बिषयमा प्रहरीलाई जानकारी गराइसकिएको छ । मन्दिरको गर्भगृहमा सुनचाँदी लगायतका वस्तुहरु हुने भएकाले सुनचाँदी चोरी भएको हुन सक्ने बताइएको छ । 

मन्दिर नजिकै मदिरा पसल भएका कारण यस्ता घटनाहरु हुने गरेका पन्तले बताए । मन्दिर परिसरमै मदिरा सेवन गर्ने गलत प्रवृति समेत बढ्दै गएको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update