बर्षाले किसान खुशी
बैतडी–यो साता भएको बर्षाले किसानहरु खुशी भएका छन् । सिँचाइको सुविधा नभएका ठाउँमा यो बर्षाले निकै राहत पुर्याएको किसानहरुले बताएका छन् ।
गहुँबाली, जौं बाली, तरकारी र फलफूलका लागि यो बर्षा निकै लाभदायक भएको पाटन नगरपालिकाका कृषि प्राविधिक महेश अवस्थीले बताए । सिँचाइको सुविधा नभएका ठाउँको लागि यो बर्षाले फाइदा पुर्याएको उनको भनाइ छ ।
बर्षाले गहुँबाली, तरकारी बाली र फलफूल खेतीमा सिँचाइको काम गरेको दशरथचन्द नगरपालिका–१ का अगुवा किसान कृष्णदत्त भट्टले बताए ।
टमाटर, काक्रो, फर्सी, भेडेखुर्सानी, अदुवा लगायतका तरकारी लगाउने समयमा पानी परेकाले किसानलाई थप सहज भएको कृषि प्राविधिक अवस्थीले बताए ।
प्रकाशित मिति: शनिबार, चैत ७, २०८२ १७:५७
प्रतिक्रिया दिनुहोस्




