बैतडी–जिल्ला प्रहरी कार्यालय बैतडीले समुदाय र विद्यालय केन्द्रित कार्यक्रम जारी राखेको छ । प्रहरी र समुदायबीचको सम्बन्ध बढाउन विभिन्न ठाउँमा सचेतनामूलक कार्यक्रम जारी राखेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
एक महिनाको अवधिमा ९९ ठाउँमा समुदाय केन्द्रित र १० ठाउँमा विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको प्रहरी निरीक्षक सिंहले बताए । प्रहरीले फागुन महिनामा सञ्चालन गरेको सचेतनामूलक कार्यक्रम अन्तर्गत ५ सय ४२ जना महिला र १ हजार ८५ जना पुरुष सहभागी भएका प्रहरीले जनाएको छ ।
समाज हुने विभिन्न खालका अपराध न्यूनीकरणका लागि प्रहरीले समुदाय र विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको प्रहरीको भनाइ छ । लागू औषध दुर्व्यसन रोकथाम, विभिन्न ऐन कानुनको बिषयमा जानकारी दिने गरिएको प्रहरीले जनाएको छ ।




