बैतडी - बैतडी को पाटन नगरपालिका वडा नम्बर ०३ र वडा नम्बर ६ जोडने भिटा बाटो जिर्ण हुदै गएपछी भिटाभिर देखि बनारसी धाम सम्म जोड्ने पैदल मार्ग निर्माण गर्न ३ करोड लागत अनुमान गरिएको छ ।
स्थानीय जनप्रतिनिधिहरूले उक्त बाटो निर्माण कार्यलाई आगामी आर्थिक वर्ष २०८३/०८४ को योजना सूचीमा समावेश गर्न सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय पाटन बैतडीलाई लागत अनुमान ( लेखापडी) सहित सिफारिस गरेका छन्। पाटन नगरपालिका वडा नम्बर ६ र पाटन नगरपालिकाको कार्यालयद्वारा सम्बन्धित निकायलाई पठाइएको पत्र अनुसार सो क्षेत्रमा रहेको भिटा–भिरको बाटोलाई प्राथमिकतामा राखिएको पाटन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र विष्टले बताए ।
पाटन नगरपालिका वडा नम्बर ६ र वडा नम्बर ०३ गुजर लगायत सुर्नया गाउपालिकाका स्थानीय नागरिकहरुले आवतजावत गर्ने भिटा भिरको बाटो पुनःनिर्माण गर्न लेखापडी सहित सिफारिस गरिएको बताइएको छ । पाटन नगरपालिका ६ मा पर्ने भिटा भिरमा रहेको यो बाटो निकै जोखिमपूर्ण छ । तल सुर्नया नदि र माथी भिटा भिर भएको यो बाट हुँदै जोखिम मोलेर दैनिक रूपमा विद्यार्थीहरु बिहान बेलुका बिधालय जाने गरेका छन । तर अहिलेसम्म उक्त बाटो पुन निर्माण भने हुन सकेको छैन ।
पाटन ६ टुडेगैर का स्थानीय बासिन्दाहरुले भिटा भिरको बाटो घाँस दाउरा गर्न दैनिक प्रयोग गर्छन । भिटा भिरको बिचमा रहेको उक्त बाटो साघुरो रहेकाले आवातजावत गर्न निकै जोखिमपुर्ण छ । भिटा को भिरमा रहेको उक्त बाटो पुन निर्माणमा कसैको ध्यान जान नसकेको स्थानीय बासिको गुनासो रहेको छ।
पाटन ६ र ३ का स्थानियबासी उक्त बाटो खाद्यान्न किनबेच , भेडा बाख्रा र घास दाउरा गर्न प्रयोग गर्ने गर्छन । बाटो जोखीमपुर्ण भएकाले बिधालय जाने आउने बालबालिकाका अभिभावकहरु समेत विद्यार्थी संगै विद्यालय आवतजावत गर्नु पर्ने बाध्यता रहेको छ । पाटन गाउँविकास समिति को पाला मा निर्माण गरिएको उक्त बाटोको अहिले सम्म पुन निर्माण को काम भने भएको छैन । तत्कालीन समयमा नरेन्द्र बिष्ट पाटन गाउँविकास समिति अध्यक्ष भएको बेला निर्माण गरिएको उक्त बाटो को संरचना समेत फेर्न सकिएको छैम । पाटन नमूना शहर मा विकसित हुदा समेत यो बाटो को अवस्था भने पुरानै रहेको छ ।
यता पाटन नगरपालिकाले भने बजेट अभावका कारण उक्त बाटो निर्माण हुन नसकेको जनाएको छ । पानट ०३ गुजर र पाटन ६ टुडेगैरका स्थानीय सहित सुर्नया गाउँपालिकाका स्थानीयले दैनिक रूपमा प्रयोग गर्ने उक्त बाटो वि.स २०६२\६३ ताका सर्वदलीय षड्यन्त्रले केही ठाउँ मा पुन निर्माण गरेको भएपनी संचनात्म फेरबदल भने हुन सकेको थिएन।
माथी पनि भिर तल पनि भिर, निहुरिएर जानू पर्ने बाध्यता रहेको भिटाभिरको बाटो पुन निर्माण नहुदा दैनिक काम काजका लागि पाटन बजार आवतजावत गर्न निकै अप्ठ्यारो भएको स्थानीयहरुले बताएका छन । पचासौ बर्ष पुरानो उक्त बाटो मर्मतको लागि बजेट अभाव भएको र मर्मत गरेपनि भिर माथी बाट आएका डुङ्गाले क्षेती पुर्याउने गरेको पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिँह रावलले बताए ।
पाटन नयाँ शहरमा विकसित भए पनि नागरिकका समस्या भने यथावत नै छन । अहिले शिक्षक , विद्यार्थी , कर्मचारी देखि ब्यापारी सम्म को आवात जावत गर्ने पैदल मार्ग भिटा बाटो भएपनि पुन : निर्माणमा कसैको ध्यान पुगेको छैन ।




