Sagun Khabar
बैतडीको मेलौलीमा जिल्लास्तरीय अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु 

बैतडी–बैतडीको मेलौलीमा शुक्रबारदेखि अन्तर वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । 

जिल्ला खेलकुद समिति बैतडीको आयोजनामा शुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच सुदूरपश्चिम सरकारकी आर्थिक मामिला राज्य मन्त्री जानकी ऐर बमले उद्दघाटन् गरिन् । प्रतियोगिता उद्दघाटन गर्दै राज्य मन्त्री बमले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन् । 

प्रतियोगितामा बैतडीका जिल्लाका विभिन्न वडाका महिला तथा पुरुष टीमको सहभागिता रहेको जिल्ला खेलकुद समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए । 

स्थानीयस्तरमा खेलाडीहरुको क्षमता विकास, खेलाडी पहिचान र खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पहिलो पटक वृहत प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष चन्दले बताए । 

प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार १११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै दोश्रो हुने टीमले नगद ७७ हजार ७ सय ७७ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।  

प्रतियोगितामा तेश्रो हुने टीमले नगद ४४ हजार ४४४ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष चन्दले बताए । महिला र पुरुष दुवै टीमलाई समान पुरस्कार प्रदान गरिने उनले बताए । 

प्रतियोगितामा महिला र पुरुषतर्फका सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्टर सटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर लिब्रो, उत्कृष्ट सर्भर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँका साथै ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सहभागी हुने प्रत्येक टीमलाई मायाको चिनोसहित सहभागिता प्रमाणपत्र प्रदान गरिने बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update