Sagun Khabar
बैतडीमा एक थान भरुवा बन्दुक बरामद 

बैतडी–बैतडीमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । 

जिल्लाको पाटन नगरपालिका–७ खालीस्थित जंगलबाट एकनाले भरुवा बन्दुक शुक्रबार बिहान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

अस्थायी प्रहरी पोष्ट बयलचौरबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक बरामद गरेको हो । यसका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update