बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु
बैतडी–बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको पाटन नगरपालिका–३ गुजरका २६ बर्षीय नरेश कोलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
पाटन बजारबाट मंगलबार घर फर्किएका कोली घरमा नआएपछि खोज तलास गरिएको थियो । खोजतलासकै क्रममा बुधबार बिहान कोलीको शव भीटा भीरको तल सुर्नया नदी किनारमा फेला परेको प्रहरी निरीक्षक सिंहले बताए ।
भीटा भीरको तल शव भेटिएकाले उनको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०८२ १०:१७
प्रतिक्रिया दिनुहोस्




