Sagun Khabar
पाटनमा कक्षा –८ को नगरस्तरीय परीक्षाको केन्द्र सम्बन्धित विद्यालयमै रहने 

बैतडी–बैतडीको पाटन नगरपालिकाले कक्षा ८ को नगरस्तरीय बार्षिक परीक्षाको केन्द्र सम्बन्धित विद्यालयमै रहने निर्णय गरेको छ । परीक्षा केन्द्रका बिषयलाई लिएर चौतर्फी विवाद भएपछि सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र राख्ने निर्णय गरिएको हो । 

अभिभावक, विद्यालय व्यवस्थापन समिति लगायतले सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र राख्न माग गरेपछि नगर प्रमुखस्तरीय निर्णय गरेर होम सेन्टरमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा अधिकृत बिर्खराज भट्टले बताए । 

नगरपालिकाले २०८० सालदेखि एक वडा एक केन्द्र तोकेर कक्षा ८ को परीक्षा सञ्चालन गर्दै आएको थियो । 

एक वडामा एक मात्रै परीक्षा केन्द्र हुँदा भौगोलिक रुपमा विद्यार्थीहरुलाई टाढा पर्ने भन्दै अभिभावक, विद्यालय व्यवस्थापन समिति लगायतले सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र हुनुपर्ने माग राख्दै आएका थिए ।

यो बर्षको कक्षा ८ को नगरस्तरीय परीक्षा यही चैत ८ गतेदेखि सम्बन्धित विद्यालयमै हुने बताइएको छ । 

कक्षा ८ को नगरस्तरीय बार्षिक परीक्षामा पाटनका ३५ विद्यालयका ६ सय बढी विद्यार्थी सहभागी शिक्षा अधिकृत भट्टले बताए । 
 

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update