Sagun Khabar
दुर्घटनामा परी गम्भीर घाइते भएका बैतडीका जोशीको निधन 
Atrya hospital

बैतडी – बैतडीको पाटन नगरपालिका ६ मा जिपले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उद्धव जोशीको उपचारका क्रममा आइतबार निधन भएको छ । पाटन नगरपालिका ६ निवासी जोशीको उपचारका क्रममा काठमाण्डौंमा निधन भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

गत बुधबार बैतडीको पाटन नगरपालिका ६ बेडौतीमा से १ ज ६३४ नम्बरको जिपले मोटरसाइकलमा सवार जोशीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका जोशीलाई बुधबार जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जमा उपचार नभएपछि उनलाई थप उपचारका लागि शनिबार मात्रै न्युरो अस्पताल काठमाण्डौं लगिएको थियो । उपचारकै क्रममा जोशीको आज निधन भएको पारिवारिक श्रोतले जनाएको छ । 

बुधबार दुर्घटना भएपछि जिप चालक ज्ञानेन्द्र भट्टराईलाई भने प्रहरीले सोही दिन नियन्त्रणमा लिईसकेको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update