Sagun Khabar
संविधान दिवसको अवसरमा बैतडीमा एकजना कैदीको बाँकी कैद मिनाहा 
Atrya hospital

बैतडी –संविधान दिवसको अवसरमा बैतडीमा एकजना कैदीको बाँकी कैद मिनाहा भएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मेलौली नगरपालिका १ का ललित भनिने सूर्य दयालको कैद मिनाहा भएको जिल्ला कारागार बैतडीले जनाएको छ । 

८ बर्ष २ महिना कैद भुक्तान गरेका दयालको बाँकी ५ बर्ष २ महिना कैद मिनाहा भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिए  । दयाल २०७० साल श्रावण ४ गते कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका थिए । 

संविधान दिवसको अवसरमा कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका मध्ये असल चालचलन भएका कैदीहरुको बाँकी कैद मिनाहा हुँदै आएको छ । सोही अनुसार दयालको बाँकी कैद मिनाहा भएको जेलर तिवारीले बताउनुभयो । 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १२:५९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update