बैतडी–भरुवा बन्दुक पड्किँदा बैतडी घर भएका १७ बर्षीय किशोरको मृत्यु भएको छ ।
बैतडीको शिवनाथ गाउँपालिका –४ घर भएका १७ बर्षीेय सुवास महराको भरुवा बन्दुक पड्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
डडेल्धुराको जिल्लाको परशुराम नगरपालिका–२ बसौटीमा आफ्नी दिदी जानकी बोहराको घर गएका बेला घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा मंगलबार साँझतिर एक्कासी बन्दुक पड्किँदा महरा गम्भीर घाइते भएका थिए ।
घाइते महरालाई उपचारका लागि जोगबुढा अस्पताल, डडेल्धुरा लगिएकोमा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए ।
घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडीको शिवनाथ गाउँपालिका–४ का एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट उक्त भरुवा बन्दुकसमेत बरामद गरेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




