Sagun Khabar
निर्वाचन खर्च विवरण पेश गर्न आग्रह 

बैतडी –जिल्ला निर्वाचन कार्यालय बैतडीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका सबै उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेश गर्न आग्रह गरेको छ ।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका सबै म्मेदवारहरूलाई आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरी कार्यालयमा पेश गर्न आग्रह गरिएको हो । 

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीबाट उम्मेदवारी दिएका सबै उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्च विवरण पेश गर्नुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालका अनुसार उम्मेदवारहरूले तोकिएको व्यवस्था अनुसार निर्वाचन खर्च सार्वजनिक गरी विवरण कार्यालयमा बुझाउनुपर्ने छ ।

अन्तिम मत परिणाम सार्वजनिक भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण निर्वाचनमा आयोगमा बुझाउनुपर्ने सूचना अधिकारी दयालले बताए । बैतडीमा ११ जना उम्मेदवार रहेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update