Sagun Khabar
तरुण दल उपाध्यक्ष भट्टद्वारा कांग्रेसको क्षेत्रीय सभापतिमा उम्मेद्वारी घोषणा 

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आईरहेका बेला बैतडीमा नेताहरुले विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसको भातृ संस्था तरुण दल बैतडीका उपाध्यक्ष महेशदत्त भट्टले क्षेत्रीय सभापति पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । 

शनिबार पञ्चेश्वर गाउँपालिकामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेलामा उपाध्यक्ष भट्टले प्रदेश सभा क्षेत्रीय कार्यसमिति (ख) बैतडीका लागि उम्मेद्वारी घोषणा गरेका हुन् । नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढाउन र संगठन विस्तारका लागि आफूले क्षेत्रीय सभापतिमा उम्मेद्वारी घोषणा गरेको भट्टले बताए । 

Atrya hospital

पार्टी संगठनलाई बलियो, असल र नेपाली कांग्रेसको विचारलाई समाजको अभिन्न अंगको रुपमा अघि बढाउन क्षेत्रीय सभापति पदमा आफूलाई अघि सारेको भट्टले बताए । उनले भने ‘नेपाली कांग्रेसमा युवाहरुलाई स्थापित गराउन र भरोसायोग्य संगठन निर्माणका लागि मैले उम्मेद्वारी घोषणा गरेको हुँ ।’

निरन्तर रुपमा कांग्रेसमा क्रियाशील भएर समाजिक सेवा गर्दै आएका भट्टले आफुलाई सबैको सहयोग रहने दाबी गरेका छन् । उनले भने ‘युवाहरूलाइ सिप र उद्यम संग जोड्दै राजनीतिको मुल केन्द्रमा सेवाभाव राखेर युवाहरुको आकर्षण बढाउने मेरो योजना छ । यो योजनामा सबै साथीहरुले सहयोग गर्नेछन् भन्ने कुरामा म ढुक्क छु ।’

राजनीतिलाई पेशा नभएर सेवा गर्ने भावका साथ आफूले उम्मेद्वारी घोषणा गरेको भट्टले बताए । संगठन निर्माणसंगै पिछडिएका युवाहरुको माग सम्बोधन गर्ने र सम्पूर्ण युवाहरुलाई  एकजुट भएर क्रियाशिल गराउन आफुले भमिका निर्वाह गर्ने उनले दाबी गरे । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा वडा अधिवेशन सकिएपछि अहिले पालिका,क्षेत्र र जिल्ला अधिवेशनको तयारीमा नेता कार्यकर्ताहरु लागि परेका छन् । 
 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update