Sagun Khabar
अखिलको केन्द्रीय कमिटिमा बैतडीका ४ बिद्यार्थी नेता

बैतडी–नेकपा एमालेको जनवर्गिय बिद्यार्थी संगठन अनेरास्वबियुको केन्द्रीय कमिटि परिमार्जन गरिएको छ । निवर्तमान उपाध्यक्ष सुनिता बराललको अध्यक्षतामा चयन भएको नयाँ कमिटिमा बैतडीका ४ बिद्यार्थी नेता अटाएका छन् । 


निवर्तमान स्थाई कमिटि सदस्य रहेका गोबिन्द गीरी उप–महासचिव चयन भएका छन् भने, दिनेश भट्ट सचिवमा यथावत रहेकाछन् । यसैगरि केन्द्रीय कमिटि सदस्य रहेका जयन्त कुवर सचिवालय सदस्यमा मनोनित भएकाछन् भने, यज्ञराज भट्ट केन्द्रीय सदस्य सहित CTEVT को अध्यक्ष चयन भएका छन् ।

Atrya hospital

हरेक २ बर्षमा हुदैँ आएको अनेरास्वबियुको महाधिबेशन कोरोनाको प्रकोपका कारण हुन नसकेपछि हिजो बसेको केन्द्रीय कमिटि सचिवालयको पुर्ण बैठकले कमिटिका पदाधिकारी हेरफेर गरेको हो ।

बैतडीबाट उप–महासचिव चयन भएका गिरीले आगामी चैतमा हुने महाधिबेशनमा महासचिव पदमा उमेदवारी दिने तयारी गरिरहेको बताए । 


अनेरास्ववियुको महाधिबेशन आगामी चैतको २२, २३ र २४ गते सम्पन्न हुने बताइएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ११:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update