Sagun Khabar
क्यान अध्यक्ष चन्द जनसेवाश्रीबाट विभूषित  
Atrya hospital

बैतडी– संविधान दिवसको अवसरमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द बिभुषित भएका छन् । क्यान अध्यक्ष चन्द जनसेवाश्री पञ्चम श्रेणीबाट विभूषित भएका हुन् । बैतडीको दशरथचन्द नगरपालिका ५ घर भएका चन्दलाई जनसेवाश्री पदक प्रदान गरिएको हो । 

नेपाली कांग्रेस बैतडीका उपसभापति समेत रहेका चन्दले लामो समयदेखि क्रिकेटको क्षेत्रमा पनि योगदान पुर्याउँदै आएका छन् । २०७२ सालमा पहिलो पटक र २०७६ सालमा दोश्रो पटक उनी क्यानको अध्यक्ष भएका हुन् । उनले भने ‘सरकारले दिएको यो सम्मानबाट क्रिकेटको क्षेत्रमा अझै काम गर्न हौसला मिलेको छ । नेपाली क्रिकेटको विकासको लागि अझै प्रयास गर्नेछु ।’

सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई  विभूषणबाट सम्मान गर्दै आएको छ । उक्त विभूषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १०:१९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update